दफा
अनुवाद गराउँदा विचार गर्नुपर्ने कुराहरु

आयोगले अनुवाद गराउँदा देहायका कुरामा विचार गर्नेछः–
(क) अनुवाद प्रयोजनका लागि आयोगले दक्ष अनुवादकहरुको सूची तयार गर्नेछ । यस्तो सूची आयोगले समय समयमा अद्यावधिक गर्नेछ । सूचीकृत अनुवादकहरुमध्येबाट इच्छुक अनुवादकलाई समानुपातिक रुपमा अनुवाद सम्बन्धी काममा लगाउन सकिनेछ ।
(ख) अन्ुवाद गराउनु पर्ने कानूनहरुको सूची, अनुवाद सम्बन्धी कामको प्राथमिकता, कार्यबोझ र सो कार्यको लागि विनियोजित रकमको परिधिभित्र रही आयोगले अनुवाद सम्बन्धी कामको विधि र प्रक्रिया निर्धारण गर्नेछ ।
(ग) प्राथमिकता, कार्यबोझ र तत्काल प्रकाशन गर्नु पर्ने आवश्यकताका आधारमा आयोगले कु्नै अनुवादको कार्य गर्न प्रतिस्पर्धा वा वार्ताको माध्यमबाट योग्य अनुवादकको चयन गर्न सक्नेछ ।
(घ) यसरी अनुवादक चयन गर्दा अनुवाद सम्पन्न गर्न सक्ने समयावधिलाई मुख्य आधार मान्नु पर्नेछ ।
(ङ) अनुवाद सम्बन्धी काम गराउँदा आयोगका सचिव वा निजले तोकेको अधिकृतबाट एको निर्णय बमोजिम आयोगले कामको बाँडफाड गरी काम गराउन सक्नेछ ।
(च) अनुवादकले पेश गरेको अनुवादित कागजात अनुवाद सम्बन्धी विज्ञले परीक्षण गरी प्रमाणित गरी सकेपश्चात मात्र वेवसाइटमा प्रकाशित गरिनेछ ।
(छ) अनुवादित कागजात वेवसाइटमा अपलोड भैसकेपछि मात्र अपलोड भएको प्रमाणित गरिनेछ र सोही आधारमा अनुवादक तथा परीक्षकलाई पारिश्रिमिक भुक्तानी गरिनेछ ।